• [email protected]
  • 01-5912390
logo
  • Home
  • DG Team
    • District Governor's Team
    • Past District Governors
  • DG Program
    • July Month
    • August Month
    • September Month
    • October Month
    • November Month
  • Cabinet Officers
    • Senior Cabinet officer
    • Area Coordinator
    • Department chief
    • Region Chairperson
    • Zone Chairperson
  • Clubs
  • Downloads
लग-इन

पिस पोस्टर प्रतियोगितामा मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट आयन्स ज्ञवाली प्रथम

होम ब्लग पिस पोस्टर प्रतियोगितामा मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट आयन्स ज्ञवाली प्रथम
image
  • Dec 10, 2024

पिस पोस्टर प्रतियोगितामा मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट आयन्स ज्ञवाली प्रथम भएका छन् । लायन्स अन्तर्राष्ट्रियको पिस पोस्टर प्रतियोगितामा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रतिनिधित्व गर्दै सँगसँगै मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको तर्फबाट लायन्स अन्तराष्ट्रियको पिस पोस्टर छनोटमा उनले बनाएको पोस्टर समावेश हुनेछ ।

नेपालबाट प्रथम पिस पोस्टरलाई लायन्स अन्तर्राष्ट्रियको सचिवालयमा पठाइने छ । संसारभरका पिस पोस्टरमा पनि उनी प्रथम हुन सकेमा पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनुका साथै एक अभिभावकसहित अमेरिका भ्रमण गर्न पाउने लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले बताए ।

काठमांडौं तारकेश्वरस्थित प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेजका कक्षा–७ मा अध्यनरत वर्ष ११ का ज्ञवालीले ‘Peace without Limits’ सीमा बिना शान्ती थिममा आधारित पिस पोस्टरको चित्र कोरेका थिए ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्वको आयोजनामा प्रारम्भ वर्ल्ड स्कूलमा पिस पोस्टर प्रतियोगिता भएको थियो ।

लायन्स अन्तर्राष्ट्रियले प्रत्येक बर्ष सञ्चालन गर्ने पिस पोस्टर प्रतियोगिता यस बर्ष डिष्ट्रिक्ट ३२५ आई बाट ५६ वटा क्लबले विभिन्न स्कुलमा प्रतियोगिता सम्पन्न गरेका थिए । ति मध्ये प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेजका कक्षा–७ मा अध्यनरत वर्ष ११ का ज्ञवालीले कोरेको चित्र प्रथम भएकोले डिष्ट्रिक्टबाट मल्टीपलमा पठाएको थियो । सोही प्रकृतिका १५ वटा डिष्ट्रिक्टबाट मल्टीपल डिष्ट्रिक्टमा छनोट भई आएका मध्येमा उनि प्रथम हुन सफल भएका हुन्।

पिस पोस्टर कार्यक्रमको संयोजन काठमांडौं क्षेत्रमा डिष्ट्रिक्ट एक्जुकेटिभ बिन्दु घिमिरे र गण्डकी क्षेत्रमा डिष्ट्रिक्ट एक्जुकेटिभ बिष्णुप्रसाद ढुङगानाले संयोजन गरेका थिए ।

यसैगरी डिष्ट्रिक्ट ३२५ एल नेपालबाट छनोट भई आएका लायन्स क्लब अफ काठमांडौं वसुन्धराको आयोजनामा आयोजित प्रतियोगिताका अनुष्का करन्जीत दोस्रो हुन सफल भए । डिष्ट्रिक्ट ३२५ एच नेपालबाट छनोट भई आएका लायन्स क्लब अफ काठमांडौं चावहिलको आयोजनामा आयोजित प्रतियोगिताका श्रेया महर्जन तृत्तिय, डिष्ट्रिक्ट ३२५ जेबाट छनोट भई आएका लायन्स क्लब अफ काठमांडौं बुढि गण्डकी आयोजनामा आयोजित प्रतियोगिताका कृपा भट्ट चौंथो स्थान र डिष्ट्रिक्ट ३२५ एन नेपालबाट छनोट भई आएका लायन्स क्लब अफ महाकाली महेन्द्रनगरका संस्कृति ऐरीले पाँचौं स्थान प्राप्त गरेका छन् ।

विश्वरभरीका लायन्स क्लबहरुबाट बर्सेनी बालबालिकाहरुलाई चेतना अभिवृद्धि गर्ने उद्देश्यका लागि प्रत्येक बर्ष विभिन्न शीर्षकमा पिस पोस्टर प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ भने यस बर्ष  ‘सीमा बिनाको शान्ती’ पिस पोस्टर प्रतियोगिता सञ्चालन गरेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले बताए।

नेपालबाट प्रथम हुन सफल पिस पोस्टर कार्यक्रमको आयोजना गर्नु हुने लायन्स क्लब अफ काठमाडौ लाफिङ बुद्वका अध्यक्ष जानुका आचार्यले युवालाई लायन्ससँग जोड़ने उद्देश्यले आयोजित पिस पोस्टर कार्यक्रम लायन्स गर्ने कार्यक्रम मध्येमा उत्कृष्ट रहेको बताईन् ।

उनले उपलब्धि केवल कलाकारिताको मात्र नभै सन्देशको शक्ति र सकारात्मक दृष्टिकोणको प्रतीक रहेको यस प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्ने आयान्स ज्ञवालीलाई प्रेरणादायी यात्राको प्रत्येक पाइला सफलताको आधारशीला बनोस् लायन्स अन्तर्राष्ट्रिय मञ्चमा अझ उत्कृष्ट प्रदर्शन गरी संसार भरबाट नै प्रथम हुनको लागि समेत शुभकामना दिएकी छन् ।

नेपालस्थित विभिन्न १५ वटा डिष्ट्रिक्टका करिव २ हजार ५ सय बढी क्लब मध्ये अधिकांश क्लबले प्रत्येक बर्ष सोही बर्षको थिममा रही विभिन्न स्कुलमा लायन्स क्लबहरूबाट पिस पोस्टर प्रतियोगिता गर्दै आएका छन्।

नवीनतम पोस्ट
  • image
    डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
    Oct 30, 2024
  • image
    लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
    Nov 20, 2024
  • image
    लायन्स अन्तर्राष्ट्रियको ईसामे फोरममा डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना सम्मानित
    Feb 9, 2025
shape
shape
image

लायन्स क्लब्स इन्टरनेसनल १९१७ मा मेलभिन जोन्स द्वारा स्थापित एक प्रसिद्ध सेवा संगठन हो। यसले विश्वको एकै प्रमुख र अत्यन्त सक्रिय सेवा संघ संगठन बनेको छ।

महत्त्वपूर्ण लिंकहरु

  • Home
  • Clubs
  • DG Team
  • Downloads
  • Blog
  • Contact Us

नवीनतम पोस्ट

  • Image of डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
    Oct 30, 2024 डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
  • Image of लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
    Nov 20, 2024 लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन

सम्पर्क बिबरण

  • 01-5912390
  • [email protected]
  • Kathmandu, Nepal
  • Copyright © 2026, Lions International

    Designed and maintained by Peace Nepal DOT Com