• [email protected]
  • 01-5912390
logo
  • Home
  • DG Team
    • District Governor's Team
    • Past District Governors
  • DG Program
    • July Month
    • August Month
    • September Month
    • October Month
    • November Month
  • Cabinet Officers
    • Senior Cabinet officer
    • Area Coordinator
    • Department chief
    • Region Chairperson
    • Zone Chairperson
  • Clubs
  • Downloads
लग-इन

लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन

होम ब्लग लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
image
  • Nov 20, 2024

लायन्स अन्तर्राष्ट्रियका द्वितीय उपाध्यक्ष मार्क लियोनले लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको बताएका छन् । पोखरा-१२ स्थित श्री सितलादेवी सामुदायिक विद्यालयमा लायन्स अन्तर्राष्ट्रिय गुठीको सहयोगमा नवनिर्मित चमेनागृह हस्तान्तरण कार्यक्रममा लियोनले उक्त कुरा बताएका हुन् ।

नवनिर्मित चमेना गृहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका द्वितीय उपाध्यक्ष लियोनले बिधालयमा अध्ययनरत विद्यार्थीले चमेनागृहमा सँगै बसेर खाजा/खाना खाँदा एक आपसमा भाईचाराको अभिवृद्धि हुने र यसले समुदायमा राम्रो सन्देश प्रवाह गर्ने बताए। ‘मलाई आज ख़ुशी लागेको छ, यो महत्त्वपूर्ण कार्यक्रममा सहभागिता हुने अवसर पाए, म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । समुदायमा प्रभाव पार्ने खालको काम गर्नु भएको छ, यस्तै परियोजना पूरा गर्नका लागि लायन्स अन्तर्राष्ट्रियको गुठी स्थापना भएको हो ।’ लियोनले भने

पोखरास्थित तीनवटा क्लबहरू लायन्स क्लब अफ पोखरा पिपल चौतारी, पोखरा आदर्श चौतारी र पोखरा समर्पितको स्थानीय व्यवस्थापनमा चमेना गृह भवन निमार्ण भएको हो ।

समारोहलाई सम्बोधन गर्दै लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संसारको ठुलो मानविय संस्था लायन्स क्लबले लायन्स अन्तर्राष्ट्रियको सहयोगमा फाईभ स्टारवाला संरचनामा चमेंना गृह निर्माण गरेकोछ, क्वालिटीयुक्त विल्डिङ बनेको बताए । बुर्लाकोटीले भने, ‘यसलाई लायन्सले ब्रान्डिङ गर्न सक्नुपर्छ, जस्को प्रभावबाट अन्य प्रोजेक्ट नेपाल भित्राउन सहज हुनेछ ।’ नेपालमा दुई अर्व भन्दा बढी रूपैयाँका प्रोजेक्ट भित्रिईसकेको जानकारी गराउदै निर्देशक बुर्लाकोटीले गतबर्ष मात्र ३५ करोड़ बढी परियोजना सम्पन्न भएको बताए ।

पछिल्लो समय नेपालमा क्लब एक्सटेन्सन, सदस्यता वृद्धि, लायन्स अन्तर्राष्ट्रिय कोषमा योगदानका हिसाबले नेपाल एक नम्बरमा रहेको जनाउ दिदैं यो एक दशकको बीचमा लायन्स अन्तर्राष्ट्रियबाट उच्च पदस्त प्रतिनिधिहरू एक पछि अर्को नेपाल भ्रमणमा आई रहनु पक्कै पनि नेपाली लायनहरूका लागि ख़ुशीको कुरा रहेको भनाई बुर्लाकोटी थियो ।

पोखरा महानगरपालिकाका प्रमुख एवं पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले नेपालमा लायनवाद भित्रिएको ५४ बर्षको इतिहास रहेको जानकारी गराउँदै लायन्सले समुदाय केन्द्रित शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षणलगाएतका काम क्लबमार्फत गर्दै आएको बताए ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गर्भनर ग्रान्ट एडमिनिट्रेटर रामबहादुर बसेलका अनुसार उक्त भवनका निमार्णका लागि लायन्स अन्तर्राष्ट्रियबाट एक करोड़ ३२ लाख र कुल रक़मको २५ प्रतिशत  म्याचिङ फण्डका लागि तीनवटा क्लब साथै बिधालयबाट करिव ३३ लाख संकलन सहित १ करोड़ ६५ लाखमा निर्माण सम्पन्न भएको जानकारी गराएका थिए ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर मिलन थापा, एमका गभर्नर चण्डी अर्याल, जी का डिष्ट्रिक्ट गभर्नर कमल कायस्थ, आई का प्रथम भाइस गभर्नर पार्वती खरेल पाण्डे, एल प्रथम भाइस गभर्नर एकनारायण शर्मा पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलालगाएत लायन्सका सिनियर लिडरहरूको उपस्थिती रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्की बिधालयका प्रधानाध्यापक बाबुराम अधिकारीले सुविधासम्पन्न चमेना गृहको समुचित रूपमा सदुपयोग गर्ने प्रतिबद्वता व्यक्त गर्दै विद्यार्थीको पठनपाठनमा सहज हुने भनाई राखेका थिए ।

नर्सरी देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने ७४ जना शिक्षक कर्मचारी कार्यरत विद्यालय २०२१ सालमा स्थापना भएको थियो ।

डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीको संचालन रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको तर्फबाट चमेना गृह बनाउन सहयोग गर्ने क्लबका अध्यक्षहरू लायन्स क्लब अफ पोखरा पिपल चौतारीका बालकृष्ण न्यौपाने, पोखरा आदर्श चौतारी सूर्य पोखरेल र पोखरा समर्पितका अध्यक्ष विजया थापालाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

नवीनतम पोस्ट
  • image
    डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
    Oct 30, 2024
  • image
    पिस पोस्टर प्रतियोगितामा मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट आयन्स ज्ञवाली प्रथम
    Dec 10, 2024
  • image
    लायन्स अन्तर्राष्ट्रियको ईसामे फोरममा डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना सम्मानित
    Feb 9, 2025
shape
shape
image

लायन्स क्लब्स इन्टरनेसनल १९१७ मा मेलभिन जोन्स द्वारा स्थापित एक प्रसिद्ध सेवा संगठन हो। यसले विश्वको एकै प्रमुख र अत्यन्त सक्रिय सेवा संघ संगठन बनेको छ।

महत्त्वपूर्ण लिंकहरु

  • Home
  • Clubs
  • DG Team
  • Downloads
  • Blog
  • Contact Us

नवीनतम पोस्ट

  • Image of डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
    Oct 30, 2024 डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
  • Image of लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
    Nov 20, 2024 लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन

सम्पर्क बिबरण

  • 01-5912390
  • [email protected]
  • Kathmandu, Nepal
  • Copyright © 2026, Lions International

    Designed and maintained by Peace Nepal DOT Com