• [email protected]
  • 01-5912390
logo
  • Home
  • DG Team
    • District Governor's Team
    • Past District Governors
  • DG Program
    • July Month
    • August Month
    • September Month
    • October Month
    • November Month
  • Cabinet Officers
    • Senior Cabinet officer
    • Area Coordinator
    • Department chief
    • Region Chairperson
    • Zone Chairperson
  • Clubs
  • Downloads
लग-इन

डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा

होम ब्लग डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
  • Oct 30, 2024

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब भएको जिल्ला पर्वतको कुश्मा बजारमा हुने भएको छ ।

आउँदो मंसिर २८ र २९ गते पर्वतको कुश्मा बजारमा सम्पन्न हुने बैठकमा डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत बाग्मती र गण्डकी क्षेत्रका १२ जिल्लाका २ हजार बढी लायन्स सदस्यहरु पर्वत आउनेछन् ।

पर्वतमा क्रियाशील ४ वटा लायन्स क्लबहरुको संयुक्त व्यवस्थापनमा हुने बैठकका लागि डिष्ट्रिक्ट को–अर्डिनेटर अर्जुन पौडेल’निर्जन’ लाई मूल आयोजक समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले जानकारी दिए ।

लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, पर्वत भूमेकोट, पर्वत गुप्तेश्वर मोदी र पर्वत सारथीको संयुक्त आयोजनामा स्थानीय व्यवस्थापन मिलाउने गरी संयोजकको जिम्मेवारी प्रदान गरिएको ढुंगानाले बताए ।

यस बैठकले जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीय उत्पादन, कला संस्कृतिको प्रवर्द्धन, स्थानीय व्यापार र व्यवसायको प्रवर्द्धनका साथै धार्मिक, सांस्कृतिक र प्राकृतिक क्षेत्रको संभावनाको खोजी गर्न बैठकले सहयोग पुग्ने विश्वास लिईएको तेस्रो क्याविनेट मिटिङ व्यवस्थापन मूल आयोजक समितिका संयोजक अर्जुन पौडेल ‘निर्जन’ले बताए ।

पर्वतमा साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजार आसपासमा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, बन्जीसँगै पुलबाट हाम फाल्ने साहसिक खेल स्विङ, अग्लो भीरमा स्काई साइकलिङ, स्काई क्याफे, स्काई चियर्स, गुलेली शैलीको पिङलगायत थुपै साहसिक खेल संरचनाहरूले आन्तरिक एवं वाह्य पर्यटकहरुलाई आकर्षित गरेको पौडेलको भनाई छ ।

नवीनतम पोस्ट
  • image
    लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
    Nov 20, 2024
  • image
    पिस पोस्टर प्रतियोगितामा मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट आयन्स ज्ञवाली प्रथम
    Dec 10, 2024
  • image
    लायन्स अन्तर्राष्ट्रियको ईसामे फोरममा डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना सम्मानित
    Feb 9, 2025
shape
shape
image

लायन्स क्लब्स इन्टरनेसनल १९१७ मा मेलभिन जोन्स द्वारा स्थापित एक प्रसिद्ध सेवा संगठन हो। यसले विश्वको एकै प्रमुख र अत्यन्त सक्रिय सेवा संघ संगठन बनेको छ।

महत्त्वपूर्ण लिंकहरु

  • Home
  • Clubs
  • DG Team
  • Downloads
  • Blog
  • Contact Us

नवीनतम पोस्ट

  • Image of डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
    Oct 30, 2024 डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
  • Image of लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
    Nov 20, 2024 लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन

सम्पर्क बिबरण

  • 01-5912390
  • [email protected]
  • Kathmandu, Nepal
  • Copyright © 2026, Lions International

    Designed and maintained by Peace Nepal DOT Com