• [email protected]
  • 01-5912390
logo
  • Home
  • DG Team
    • District Governor's Team
    • Past District Governors
  • DG Program
    • July Month
    • August Month
    • September Month
    • October Month
    • November Month
  • Cabinet Officers
    • Senior Cabinet officer
    • Area Coordinator
    • Department chief
    • Region Chairperson
    • Zone Chairperson
  • Clubs
  • Downloads
लग-इन

डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेशन घोषणा

होम ब्लग डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेशन घोषणा
image
  • Feb 10, 2025

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेशन घोषणा गरिएको छ । आइतवार दियालो फुडल्याण्डमा आयोजित एक कार्यक्रमका बीच लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले आउँदो फागुन २४ गते पोखरामा हुनेगरी तेस्रो राष्ट्रिय महाधिवेशन घोषणा गरेका हुन् ।
लायन्सको प्रावधान अनुसार महाधिवेशन हुनु ६० दिन अगावै अधिवेशन घोषणा गर्ने प्रचलन रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले जानकारी दिए ।
तेस्रो महाधिवेशन सम्पन्न गर्नका लागि डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर एवं संस्थापक क्याविनेट सेक्रेटरी हरिराज पन्त संयोजक र डिष्ट्रिक्ट फाईनान्सियल एडमिनिट्रेटर सूर्य नारायण बराल सह-संयोजक रहेको ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको सदस्यमा डिष्ट्रिक्ट को-चिफ एडभाईजरहरू ऋषि गिरी, शान्तादेवी थापा भण्डारी र अमृतशोभा खत्री रहेका छन् ।
महाधिवेशनबाट लायन बर्ष २०२५/२६को लागि नयाँ डिष्ट्रिक्ट गर्भनर, फस्ट भाइस डिष्ट्रिक्ट गर्भनर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर चयन हुनेछ ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको अध्यक्षता लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशन घोषणा कार्यक्रम पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय राम बसेल, इन्दु लम्साललगाएत डिष्ट्रिक्टका लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वमै सर्वोत्कृष्ट डिष्ट्रिक्ट भएकोमा गर्व गरेको बताउदै डिष्ट्रिक्ट आई नेपालले गर्ने कार्यक्रम उत्कृष्ट रहेको लायन्स लिड़रले बताएका थिए ।

नवीनतम पोस्ट
  • image
    डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
    Oct 30, 2024
  • image
    लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
    Nov 20, 2024
  • image
    पिस पोस्टर प्रतियोगितामा मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट आयन्स ज्ञवाली प्रथम
    Dec 10, 2024
shape
shape
image

लायन्स क्लब्स इन्टरनेसनल १९१७ मा मेलभिन जोन्स द्वारा स्थापित एक प्रसिद्ध सेवा संगठन हो। यसले विश्वको एकै प्रमुख र अत्यन्त सक्रिय सेवा संघ संगठन बनेको छ।

महत्त्वपूर्ण लिंकहरु

  • Home
  • Clubs
  • DG Team
  • Downloads
  • Blog
  • Contact Us

नवीनतम पोस्ट

  • Image of डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
    Oct 30, 2024 डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा
  • Image of लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन
    Nov 20, 2024 लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन

सम्पर्क बिबरण

  • 01-5912390
  • [email protected]
  • Kathmandu, Nepal
  • Copyright © 2026, Lions International

    Designed and maintained by Peace Nepal DOT Com